आइतबार, जेठ ६, २०८१

काउन्सिलमा दर्ता भएका सबै स्वाथ्यकर्मीलाई कोरोना खोप

नेपालखोज २०७७ माघ २३ गते ११:४६


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा काउन्सिलमा दर्ता भएका सबै स्वास्थ्यकर्मीलाई कोरोना विरुद्धको खोप कोभिसिल्ड खोप दिने निर्णय गरेको छ।

मन्त्रालयले बिहिबार एक सूचना जारी काउन्सिलमा दर्ता भएका सबै स्वास्थ्यकर्मीलाई पहिलो चरणमा खोेप दिने जनाएको छ। नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ काउन्सिल, नेपाल हेल्थ प्रोफेसनल काउन्सिल, नेपाल आयुर्वेद मेडिकल काउन्सिल र नेपाल फार्मेसी काउन्सिलमा दर्ता भएका सबै स्वास्थ्यकर्मीलाई खोप दिने निर्णय गरेको हो ।

काउन्सिलको प्रमाणपत्र र फोटो सहितको परिचयपत्र लिई आएमा खोप लगाउने व्यवस्था गरिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।


‘हामीले प्राथमिकताको आधारमा खोप दिदैँ आएका थियौँ,’ डा गौतमले भने, ‘अपेक्षाकृत रुपमा खोप लगाउन नआएपछि काउन्सिलमा दर्ता प्रमाणपत्रको आधारमा स्वास्थ्यकर्मीलाई खोप दिने निर्णय गरेका हौँ।’

यसअघि पहिलो चरणमा कोरोनाबिरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई प्राथमिकता निर्धारण गरी खोप दिन आएको थियो।पहिलो चरणको कार्यक्रम भोलीशनिबारसम्म चल्ने मन्त्रालयले जनाएको छ। हिजोसम्म १ लाख ५८ हजारले खोप लगाएका छन्। तर, मन्त्रालयले पहिलो चरणमा ४ लाख ३० हजारलाई खोप दिने योजना बनाएको थियो।

प्रतिक्रिया