आमहड्ताल गरेको भोलिपल्ट प्रचण्ड भन्छन्-बन्द हड्तालका कार्यक्रम गर्दैनौं
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले बन्द हड्तालका कार्यक्रम नगर्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार देशव्यापी आमहड्ताल गरेको भोलिपल्ट अर्थात आज प्रचण्डले भने आगामी दिनमा बन्द हड्तालका कार्यक्रम नगर्ने प्रतिबद्धता जनाएका हुन् ।
दाहाल–नेपाल समूहले शुक्रबार काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाटमा सरकारले कानून, नियम र संवैधानिक व्यवस्थाविरुद्ध राजनीतिक र संवैधानिक नियुक्तिहरु गरेकाले बाध्यताले बन्दको कार्यक्रम गरिएको जानकारी दिए । उनले आगामी दिनमा पार्टीले गर्ने कार्यक्रमहरु जनभावनाअनुसार नै तय गरिने पनि उल्लेख गरे ।
प्रधानमन्त्रीले संविधानविरुद्ध प्रतिनिधिसभा विघटन गरेर प्रतिगमन निम्त्याएकाले पार्टी निरन्तर संघर्षमा रहेको दाहालको भनाइ छ ।
कार्यक्रममा नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपालले संघर्षका कार्यक्रममा जनसमर्थन प्राप्त भएको दाबी गर्दै आन्दोलनबाटै सरकारका गल्ती सच्याइने बताए ।
प्रतिक्रिया