मंगलबार, माघ १, २०८१

सार्वजनिक यातायातलाई रिङरोडभित्र प्रवेशमा रोक

नेपालखोज २०७७ माघ २३ गते १३:२२

काठमाडौं । शुक्रबार सार्वजनिक यातायातलाई रिङरोडभित्र प्रवेशमा रोक लगाइएको छ ।

Advertisement

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले आयोजना गरेको वृहत्त आमसभाका लागि सार्वजनिक यातायातलाई रिङरोडभित्र प्रदेश गर्न रोक लगाइएको हो ।

ओली समूहले शुक्रबार काठमाडौंको दरबारमार्गस्थित नारायणहिटी अगाडि आमसभाको आयोजना गरिएको छ । त्यसको लागि सार्वजनिक यातायातलाई रिङरोडभित्र प्रवेश गर्नमा रोकिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

त्यस्तै, निजी सवारी साधनलाई नरोकिएको एसपी अधिकारीले बताए । निजी सवारी साधनलाई पनि कार्यक्रमस्थल वरिपरिबाटै डाइभर्ट गरिएको महाशाखाले जनाएको छ ।

पुतलीसडक हुँदै जय नेपाल हल जाने, नक्सालमा जान दिइएको छ भने रिङरोडबाट बाहिर जान भने नरोकिएको उनले बताए ।

प्रतिक्रिया