शनिबार, जेठ ५, २०८१

भरुवा बन्दुक सहित पक्राउ

नेपालखोज २०७७ माघ २३ गते १३:५२

सिरहा । लहान नगरपालिका २४ मलहनबाट १ थान भरुवा बन्दुक, बारुद र फलामको ब्यारिङहरु सहित एक व्यक्ति पक्राउ परेका छन् । धनगढीमाई नगरपालिका १२ बिष्णुपुरकट्टी बस्ने ४२ वर्षीय खडक बहादुर मगरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

अस्थाई प्रहरी पोष्ट पक्किटोलबाट गस्तीमा खटिएको प्रहरीले अचानक बन्दुकको आवाज आएपछी तलासी गर्ने क्रममा उखु घारीमा लुकेर बसेको उनलाई हतीयारसहित पक्राउ गरिएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया