शनिबार, वैशाख १५, २०८१

आफ्नै दाईको हत्या गरेको अभियोगमा पक्राउ

नेपालखोज २०७७ माघ २३ गते १३:५६

सिन्धुली । आफ्नै दाइको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ४६ वर्षीय चेत बहादुर बम्जनको धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा मरिण गाउँपालिका ३ मथौली बस्ने ४० वर्षीय मान बहादुर बम्जनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

मान बहादुरले बन्चरोको पासो र खुकुरी प्रहार गर्दा चेत बहादुरको घटनास्थलमै मृत्यु भएको भन्ने सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिन्धुली र ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले बम्जनलाइ पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया