शनिबार, वैशाख १५, २०८१

स्रोत नखुलेको १९ लाख रुपैयाँ सहित पक्राउ

नेपालखोज २०७७ माघ २३ गते १४:०१

काठमाडौं । काठमाडौं महानगरपालिका २२ खिचापोखरीबाट स्रोत नखुलेको १९ लाख रुपैयाँ सहित २ जना पक्राउ परेका छन् । बुधबार दिउँसो ताकेश्वर नगरपालिका ७ घर भएकी ३० वर्षीया शान्ती घिमिरे र भक्तपुर चाँगुनारायण नगरपालिका १ घर भएकी ३१ वर्षीया दुर्गा चौलागाइ पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्ने क्रममा रकम सहित पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक कारवाहीको लागि सम्पत्ति सुद्धिकरण अनुसन्धान बिभाग हरिहरभवन ललितपुर पठाइएको छ ।

प्रतिक्रिया