आइतबार, जेठ ६, २०८१

ग्लोबल आइएमई बैंक र एससिटीबिच सम्झौता

नेपालखोज २०७७ माघ २३ गते १४:४१

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी)ले सहकार्यताका लागि सम्झौता गरेका छन् । बुधबार बैंक र एससिटीले ओम्नी च्यानल डिजिटल बैंकिङ्ग समाधान सेवा सञ्चालनकालागि सम्झौता गरेका हुन् ।

बैंकिङ्ग क्षेत्रका सेवाग्राहीलार्ई विविध भुक्तानी उपकरण र डिजिटल बैंकिङ्ग पहँुच सजिलैसँग पु¥याउने उद्देश्यले विकास गरेको ओम्नी च्यानल डिजिटल बैंकिङ्ग समाधान सेवामा उपलब्ध गराउने उद्देश्यले बुधबार औपचारिक सम्झौता सम्पन्न भएको हो ।

एससिटीले करिब तीन महिना आन्तरिक रुपका सफल परीक्षण पश्चात सञ्चालनमा ल्याएको यो उपकरणमा मोबाइल बैंकिङ्ग, ई–बैंकिङ्ग, सेल्फ बैंकिङ्ग, स्मार्ट क्यूआर र कार्ड मार्र्फत दिने सेवा एउटै प्लेफर्मबाट उपलब्ध हुनेछ । यसबाछ ग्लोबल आइएमई बैंकका ग्राहकलाई विविध आवश्यकता बमोजिम छिटो÷छरिता, मितव्ययी र सरलढंगले बैकिङ्ग सेवा र सुविधाहरुको पहुँच हुने विश्वास बैंङ्कले लिएको छ । बैंकले आधुनिक उपकरणको सेवालाई छिट्टै नै ग्राहकहरुको बिच सञ्चालनमा ल्याउने जनाएको छ ।

परम्परागत प्रणालीलाई विस्थापित गर्दै नगदरहित आधुनिक भुक्तानी प्रणालीको विकास र प्रवर्धन गर्ने स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको लक्ष्य बमोजिम बैंक तथा वित्तीय संस्थाहरुलाई यस्ता सेवा र सुविधा उपलब्ध गराउदैं आएको छ । डिजिटल प्रविधिमा अभ्यस्त हुँदै गएका बैकिंङ्ग क्षेत्रका ग्राहकको बढ्दो आवश्यकता माग पूरा गर्न यस प्रकारका सहकार्य सहयोगी हुने अपेक्षा दुबै कम्पनीहरुको रहेको छ ।

प्रतिक्रिया