आइतबार, जेठ ६, २०८१

तेस्रो जनआन्दोलन सुरु भयो : गृहमन्त्री बादल

नेपालखोज २०७७ माघ २३ गते १४:४२

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले तेस्रो जनआन्दोलन सुरु भएको बताएका छन् ।

काठमाडौंको दरबारमार्गस्थित नारायणहिटी अगाडि शुक्रबार आयोजित आमसभालाई सम्बोधन गर्ने क्रममा गृहमन्त्री थापाले सो कुरा बताएका हुन् ।

‘आज यो असाधारण परिस्थिति सुरु हुनुको पछाडि राजनीतिक सत्ता र राजनीतिक नेतृत्वको प्रश्नसँग जोडिएको छ । यो परिस्थिति उत्पन्न हुनुका पछाडि राजनीतिक सत्ताको केन्द्रीय प्रश्न प्रधानमन्त्रीसँग जोडिएको हुन्छ,’ केपी शर्मा ओली नेतृत्वको नेकपाले आयोजना गरेको आमसभामा उनले भने–‘प्रमुख पार्टी नेतृत्व र राष्ट्रपतिसँग जोडिएका छ । यी तीनवटै व्यक्तिलाई अपदस्थ गर्ने षड्यन्त्र सुरु भएको छ ।’

सरकारको नेतृत्व र राष्ट्रपतिको मानमर्दन गर्ने र विस्थापित गर्ने षड्यन्त्रले अस्थिरता ल्याएको पनि उनले अहिलेको परिस्थितिको सामनाका लागि जनतालाई आन्दोलित बनाएको उल्लेख गरे ।

प्रतिक्रिया