आइतबार, जेठ ६, २०८१

देश बनाउने संकल्प बोकेको हुनाले यही नै नेकपाको मूल पार्टी हो : प्रधानमन्त्री

नेपालखोज २०७७ माघ २३ गते १५:२९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समूहले बन्दको नाममा ट्याक्सीभित्र गरीब ट्राइभर जलाउन खोजेको आरोप लगाएका छन् ।

काठमाडौंको दामारमार्गस्थित नारायणहिटी अगाडि शुक्रबार आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपालले गर्ने आन्दोलनलाई नरभक्षी आन्दोलनको संज्ञा दिएका हुन् ।

‘प्रचण्ड–नेपालको नरभक्षी आन्दोलनको दिन गए । बन्दको नाममा ट्याक्सीभित्र गरीब ड्राइभर जलाउन खोज्ने दिन गए ।’ साथै उनले गरीबको नोक्सान भएको क्षतिपूर्ति सरकारले दिने बताए । ट्याक्सीवालालाई इन्स्युरेन्स नदिए सरकारले क्षतिपूर्ति दिलाउने आश्वासन दिए ।

त्यस्तै ओलीले आजको आमसभाले सक्कली र नक्कली नेकपाको फैसला गरिसकेको दाबी गरेका छन् ।

‘यो आमसभाले नै तय गरिसक्यो । यो की कुन चाहि सक्कली र कुन चाहि नक्कली हो । अझै पनि भनिरहनु पर्छ र ?,’ उनले भने–‘लोकतन्त्रका लागि सात दशक संघर्ष गरेर आएको पार्टी हो नेकपा । देश बनाउने संकल्प बोकेको हुनाले यही नै नेकपाको मूल पार्टी हो ।’

प्रतिक्रिया