शनिबार, जेठ ५, २०८१

डोल्पामा भारी हिमपात : जनजीवन प्रभावित, हवाई सेवा बन्द

नेपालखोज २०७७ माघ २३ गते १५:५६

डोल्पा । हिमाली जिल्ला डोल्पामा भारी वर्षातसँगै हिमपात भएपछि हवाई सेवा अवरुद्ध भएको छ । बिहीबार रातिदेखि वर्षात र हिमपात सुरु भएपछि जुफाल विमानस्थल अवरुद्ध भएको हो ।

धावनमार्गमा बाग्लो हिउँ जमेका कारण शुक्रबार सम्पूर्ण उडानहरु रद्द भएको नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुफालले जनाएको छ । काठमाडौँ र नेपालगञ्जदेखि कुनै पनि उडान हुन नसकेको प्राधिकरणको भनाइ छ ।

तल्लो डोल्पामा पर्ने ठूलीभेरी नगरपालिका, काइके, जगदुल्ला र मुड्केचुला गाउँपालिकामा पर्ने अधिकांश क्षेत्र हिउँले ढाकिएका छन् भने त्यहाँको जनजिवन प्रभावित भएको छ । त्यस्तै जिल्लाका त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुँ, चुँ, जिँउ, लिकु, पहाडा, बन्तडीलगायत बस्ती हिउँले सेताम्य भएको छ ।

उपल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङ्सोङ र शे–फोक्सुण्डो गाउँपालिकामा पनि बाग्लो हिँउ जमेका कारण जनजीवन कष्टकर भएको छ ।

प्रतिक्रिया