कोरोना अपडेट : थप दुईजनाको मृत्यु, १५० संक्रमित थपिए
नेपालखोज
२०७७ माघ २३ गते १७:०१
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ३५ पुगेको छ ।
त्यस्तै गएको २४ घण्टामा दुई हजार ७९९ जनाको पीसीआर परीक्षण गरिएकोमा १०५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७१ हजार ७०७ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा २७२ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६७ हजार ५६४ पुगेको छ । हाल क्वारेन्टिनमा ९२ जना छन् भने आइसोलेसनमा दुई हजार १०८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया