बिहीबार, माघ ३, २०८१

नेपालमा ठूलो पानी पर्ने सम्भावना घट्यो

नेपालखोज २०७७ माघ २३ गते १७:१३

काठमाडौं । नेपालमा प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको हावा मडारिएर हिमाली क्षेत्र हुँदै चीनतर्फ लागेपछि नेपालमा ठूलो पानी पर्ने सम्भावना घटेको छ ।

Advertisement

लामो समयदेखि पानी नपर्दा सुख्खा बढेका बेला पश्चिमी न्यून चापीय प्रणालीले नेपालमा पानी पार्ने आशा बढेको भएपनि हावा चीनतर्फ मडारिएकाले पानी पर्ने सम्भावना कम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभरको उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि मध्यम खालको हिमपात र काठमाण्डौ उपत्यकासहित पश्चिम पहाडमा सामान्य पानी परेको छ ।

हावा हिमाली क्षेत्रतर्फ केन्द्रित भएकाले आज राति पनि हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तर पहाडी क्षेत्रमा भने आज पश्चिमबाट मौसम खुल्दै आएको छ । आज बेलुकीबाट पश्चिम हुँदै काठमाडौंसम्मको मौसम खुल्ने र भोलि काठमाडौं उपत्यकाबाट पूर्व प्रदेश १ को पहाडी क्षेत्रमा बदली भइ सामान्य पानी पर्ने सम्भावना रहेको छ ।

तर पूर्वमा पनि पानी सामान्य मात्र पर्ने र शनिवार बेलुकाबाट मौसम खुल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले तराईमा पनि सामान्य बादल लागेको छ । तर शुक्रवार पश्चिम पहाडबाट मौसम खुल्दै शनिवार बेलुकासम्म तराईका सबै ठाउँमा मौसम खुल्ने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया