शुक्रबार, वैशाख ७, २०८१

राष्ट्रिय महिला लिगको दोस्रो चरणका खेल आजबाट

नेपालखोज २०७७ माघ २४ गते ७:३४

काठमाडौं । आजदेखि राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको दोस्रो चरणका खेल सुरु हुँदै छ । आज दिउँसो विभागीय क्लब त्रिभुवन आर्मी र चौदण्डीगढी नगरपालिकाबीचको खेल हुने अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ ।

पहिलो चरणको खेल सकिँदा आर्मीले ६ मध्ये ४ खेलमा जित र एक खेलमा हार व्यहोरेको छ । आर्मीको १३ अङ्कसहित तालिकाको दोस्रो स्थानमा रहेको छ । सशस्त्र शतप्रतिशत नतिजासहित १८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । पहिलो चरणमा एक खेल पनि नजितेको र एक गोल पनि गर्न नसकेको चौदण्डीगढीले आजको खेलमा अप्रत्यासित नतिजा निकाल्ने लक्ष्य लिएको छ ।

एन्फाले महिला लिगमा विदेशी खेलाडी राख्न पाउने नियमअनुसार चौदण्डीगढीले चार जना विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ ।

आजदेखि सुरु हुने दोस्रो चरणका बाँकी खेलहरू सातदोबाटोमा रहेको एन्फा कम्प्लेसको मैदानमै हुने एन्फाले जनाएको छ । यसैबीच लिगको अन्तिम दिन आउँदो फागुन ७ गते एपीएफ र आर्मीबीचको खेल हुनेछ ।

प्रतिक्रिया