शनिबार, जेठ ५, २०८१

दश महिनादेखि बन्द झुलाघाट नाका आजदेखि सञ्चालनमा

नेपालखोज २०७७ माघ २४ गते ८:२१

बैतडी । भारतसँग जोडिएको बैतडीको झुलाघाट नाका १० महिनापछि नियमित सञ्चालनमा आउने भएको छ ।

जिल्ला प्रशासन कार्यालय बैतडीले हिजो एक सूचना जारी गर्दै नाका आजदेखि सञ्चालनमा आउने जनाएको हो । नेपाल सरकारले नाका सञ्चालनमा गर्ने निर्णयअनुसार नै नाका सञ्चालनको तयारी भएको जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकीय अधिकृत शिवराज जोशीले बताए ।

सरकारले यसअघि गत शुक्रबारदेखि नै बैतडीसहित देशका ३० नाका सञ्चालन गर्ने निर्णय गरेको थियो तर भारतीय पक्षको ढिलाइका कारण एक हप्तापछि नाका सञ्चालनमा आउन लागेको हो ।नाकामा आवतजावत गर्दा स्वास्थ्य सुरक्षाका मापदण्डको भने पालना गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया