बिहीबार, माघ १०, २०८१

फेदिखोलामा बस र ट्रक ठोकिँदा ४ घाइते

नेपालखोज २०७७ माघ २४ गते १०:४१

स्याङ्जा। स्याङ्जाको फेदिखोला गाउँपालिका २ मा ट्रिपर र बस ठोकिँदा ४ जना घाइते भएका छन्।

Advertisement

स्याङ्जा सदरमुकाम पुतलीबजारबाट पोखरा जाँदै गरेको ग १ ख ७६११ नम्बरको ट्रिपर र पोखराबाट स्याङ्जा तर्फ आउँदै गरेको ग १ ख ९३७४ नम्बरको बस एक आपसमा ठक्कर खाएका हुन् ।

सो घटनामा दुवै तर्फका गरी ४ जना घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीका अनुसार बसमा १० जना सवार मध्ये ३ जना घाइते भएको र ट्रिपर चालक गरी ४ जना घाइते भएको बताए ।

सबैको अवस्था सामान्य रहेको प्रवक्ता अधिकारीले जानकारी दिए।

प्रतिक्रिया