ज्याकलिनलाई चिठ्ठा पर्यो प्रियंका चोपडाको घर
नेपालखोज
२०७७ माघ २४ गते १०:५७
मुम्बई । अभिनेत्री प्रियंका चोपडाको घर अभिनेत्री ज्याकलिन फर्नान्डेजले किनेकी छिन् ।
ज्याकलिनले मुम्बईको जुहूमा रहेको प्रियंकाको घर किनेकी हुन्।
उक्त घरको नाम न कर्मयोग थियो। ज्याकलिनले उक्त घर ७ करोड भारतीय रुपैंयामा किनेकी हुन् ।
गत वर्ष प्रियंका र निक जोनसले २०१८मा यसै घरमा विवाह गरेका थिए ।
ठूलो लिबिङ एरिया र ठुलो बालकनी भएको उक्त घर निकै आकर्षक छ । प्रियंका र निक हाल अमेरिकामा बस्छन् । सोही कारण घर बेचिएको हो ।
मुम्बईको जुहु कलाकारहरुको बस्ती हो । ज्याकलिन पहिलेदेखि नै जुहुमा घर किन्ने सोचमा थिइन् । प्रियंकाको घर पाएपछि ज्याकलिन खुशी छिन् ।
सम्बन्धित
प्रतिक्रिया