किशोरी बलात्कार पछि हत्या : तत्काल कारबाही गर्न देउवाको माग
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बैतडीमा किशोरीको बलात्कारपछि हत्या गर्ने अपराधी तत्काल पत्ता लगाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्ट बिहीबार साँझ घनजिकैको जंगलमा मृत भेटिएकी थिइन् । अघिल्लो दिन उनी विद्यालय हिँडेकी थिइन् ।
सभापति देउवाले घटनाबाट आफू मर्माहत भएको उल्लेख गर्दै घटनाको तत्काल अनुसन्धान गरी दोषीलाई हदैसम्मको कारबाही गर्न सरकारलाई आग्रह गरेका हुन् ।
‘बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्याको खबरले निकै मर्माहत भएको छु,’ देउवाले शनिबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘उक्त घटनाका विषयमा तत्काल अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न सरकारसँग जोडदार माग गर्दछु । भट्टको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछु ।’
प्रतिक्रिया