शनिबार, जेठ ५, २०८१

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

नेपालखोज २०७७ माघ २४ गते १४:४२

पर्वत । पोखरा महानगरपालिका – ३३ उपल्लोमा श्रीमानले श्रीमतीको बन्चरो प्रहार गरी हत्या गरेका छन् ।

पर्वत जलजला गाउँपालिका – ७ धाइरिङ स्थायी घर भई हाल पोखरा बस्दै आएका ५० वर्षीय गमहादुर पुनले खाना नबनाएको विषयमा निहुँमा बन्चरो प्रहार गरी ४२ वर्षीया श्रीमती हरिमाया पुनको हत्या गरेका हुन् ।

खाना नबनाएको विषयमा उनीहरूबीच झगडा भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको कास्की प्रहरी कार्यालयका सूचना अधिकार सुवास हमालले जानकारी दिए । त्यसपछि बन्चरो प्रहार गरी पुनले श्रीमतीको हत्या गरेका हुन् ।

प्रहरीले घटनास्थलको अनुसन्धान एवं मुचुल्का गरी शव पोस्टमार्टमका लागि पश्चिम क्षेत्रीय अस्पताल ल्याएको थियो । श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ परेका प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनलाई कर्तव्य ज्यान मुद्दामा दर्ता गरी अदालतबाट १० दिन म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया