आइतबार, वैशाख ७, २०८२

राजनीतिक घटनामा नागरिकको अधिकार कुण्ठित भयो : जबरा

नेपालखोज २०७७ माघ २४ गते १५:५०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपति शम्शेर जबराले मुलुकमा घटेको पछिल्लो राजनीतिक घटना क्रममले आम नागरिकको गरी खाने अधिकारबाट वञ्चित हुने खतरा उत्पन्न भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा राप्रपा अध्यक्ष जबराले लाञ्छना र मुठभेडको राजनीतिले आम नागरिकको गरी खाने अधिकार वञ्चित हुने खतरा उत्पन्न भएको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

नेकपालाई जनताले दिएको बहुमतको म्यान्डेट स्वार्थमा रुपान्तरण हुँदा जनतामाथि धोका भएको भन्दै अध्यक्ष जबराले भने– ‘स्वार्थमा आधारित स्वेच्छाचारिता निश्चित पनि अग्रगमन होइन ।’

‘भारी बहुमत स्वार्थको बन्दी बन्दै गर्दा लाञ्छना र मुडभेडको राजनीति रेखाङ्कन हुन थालेको हो कि भन्ने प्रश्न आम भएको देखिन्छ । जनचाहना विपरीतको यस्तो माहोलमा नागरिकको गरी खाने अधिकार कुण्ठित हुने गर्दछ,’उनले ट्वीट गर्दै भने । प्रजातन्त्र जोगाउन निष्पक्ष राष्ट्रप्रमुखको रुपमा राजसंस्था र हिन्दु राष्ट्रको बलियो आधार आवश्यक रहेको राप्रपाको ठहर छ ।

प्रतिक्रिया