शनिबार, माघ १२, २०८१

काठमाडौंमा हल्का वर्षा

नेपालखोज २०७७ माघ २४ गते १५:५५

काठमाडौं । काठमाडौं उपत्यकासहित अहिले देशका विभिन्न स्थानमा छिटफुटदेखि हल्का वर्षा भइरहेको छ । पश्चिमी वायुको प्रभावले मौसममा बदली भएको हो ।

Advertisement

अहिले लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गण्डकी, वाग्मती र प्रदेश नम्बर–१ का उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । सुदूरपश्चिमका केही स्थानमा समेत हल्का हिमपातको सम्भावना देखिएको छ ।

प्रतिक्रिया