शुक्रबार, वैशाख १४, २०८१

पहिलो टेस्टमा भारतविरुद्ध जोए रुटको दोहोरो शतक

नेपालखोज २०७७ माघ २४ गते १६:१२

एजेन्सी । इंग्ल्यान्डका कप्तान जो रुटले भारतसँगको पहिलो टेष्ट खेलमा सानदार दोहोरो शतक बनाएका छन् । रुटले पहिलो टेष्टको दोस्रो दिन भारतविरुद्ध दोहोरो शतक पूरा गर्दै टोलीलाई विशाल योगफलको बाटो देखाएका छन् । रुटले स्पिनर रविचन्द्रन आश्विनलाई १४२.३ ओभरमा लङअनमा छक्का प्रहार गर्दै करिअरको पाँचौं दोहोरो शतक पूरा गरेका थिए ।

चेन्नईमा जारी पहिलो टेस्टको दोस्रो दिन कप्तान जो रुट ३ सय ७७ बलमा १९ चौका र २ छक्का सहित २ सय १८ रनको योगफल बनाए । योसँगै रुट ब्यक्तिगत १ सय खेलमा दोहोरो शतक प्रहार गर्ने टेष्ट क्रिकेट इतिहासकै पहिलो खेलाडी बनेका छन् । रुटले पहिलो दिननै शतक प्रहार गर्दै ९८, ९९ र १०० औं टेष्ट खेलमा लगातार शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका थिए ।

उनलाई लाई शाहबाज नदीमले एलबीडब्ल्यू धरापमा पारेका थए ।

प्रतिक्रिया