निर्वाचनले राजनीतिक स्थायित्व आउने : गोकल बाँस्कोटा
बनेपा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता गोकल बाँस्कोटाले आगामी निर्वाचनमार्फत आउने नयाँ जनादेशले समृद्ध नेपाल सुखी नेपाली बनाउने बताएका छन् ।
पूर्वमन्त्री समेत रहेका बाँस्कोटाले बनेपा नगरपालिका–१० स्थित नेकपा वडा कमिटीको अगुवा कार्यकर्ता भेलालाई शनिबार सम्बोधन गर्दै निर्वाचनले राजनीतिक स्थायित्व आउने विश्वास व्यक्त गरे ।
उनले गत निर्वाचनका बेला गरेका प्रतिबद्धताअनुसारको काम नभए जनता सामु ‘कान समातेर उठबस’ गर्न तयार रहेको बताए । ‘विकास र राजनीतिका विषयमा प्रतिपक्ष बनेकाले मेरोजति सामना गर्नु तयार हुनु’
कार्यक्रममा बनेपा नगरप्रमुख लक्ष्मी नरसिंह वादे, नेकपाका जिल्ला नेता चन्द्रबहादुर थापा, मुक्ति विष्ट, आत्माराम थापालगायतले विकासको मेरुदण्ड नेकपा नै रहेको बताए। सो अवसरमा पार्टी वडा कमिटी तथा जनवर्गीय सङ्गठनको तदर्थ समिति घोषणा गरिएको थियो ।
प्रतिक्रिया