ज्योति लाईफ अमेजिङ मोटर र्याली २०२१ हुँदै
काठमाडौं । ‘आठौं ज्योति लाईफ अमेजिङ मोटर र्याली २०२१’ हुने भएको छ । केजीएच फाउण्डेशन, रोटरी क्लव अफ बागमती तथा ज्योति केयरले उक्त मोटर र्याली आयोजना गर्ने आयोजकले जनाएको छ ।
उक्त मोटर र्याली करिव ३ सय किलोमिटरको हुनेछ । र्याली काठमाडौंबाट चितवन हुँदै पोखरामा गएर टुंगिने कार्यक्रम संयोजक दिवाकर राजकर्णिकारले बताए । उक्त कार्यक्रमलाई नेपाल टुरिजम बोर्डले प्रवद्र्धन गर्ने पनि उनले जानकारी दिए ।
मोटरर्यालीले क्यान्सर रोगका बारेमा जनचेतना जगाउने, नेपाल टुरिजम बोर्डको ‘देश दर्शन’ कार्यक्रम अन्तर्गतको ‘पहिला देश अनि विदेश’ भन्ने नाराको प्रचारप्रसार गर्ने लक्ष्य लिएको छ । संयोजक राजकर्णिकारले यसबाट आन्तरिक पर्यटनको प्रवद्र्धन हुने विश्वास लिएका छन् ।
मोटरर्याली कहिलेदेखि सुरु हुने भन्ने विषयमा भोली माघ २६ गते सोमबार दिउँसो २ बजे नेपाल टुरिजम बोर्डको अडिटोरियम हलबाट पत्रकार सम्मेलन गरि जानकारी दिइने संयोजक दिवाकर राजकर्णिकारले बताए ।
प्रतिक्रिया