शनिबार, जेठ ५, २०८१

स्रोत नखुलेको ४९ लाख नेपाली रुपैयाँसहित दुई भारतीय नागरिक पक्राउ

नेपालखोज २०७७ माघ २५ गते १२:४४

वीरगञ्ज । स्रोत नखुलेको ४९ लाख नेपाली रुपैयाँसहित बाराबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बाराको फेटा गाउँपालिका–५ जोतपुरस्थित दशगजा क्षेत्रमा बिआर ०५वाई ६५१७ भारतीय नम्बर प्लेटको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उक्त रकम बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

बाराका प्रहरी प्रबक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्राका अनुसार पक्राउ पर्नेमा भारत बिहारको मोतिहारी ग्राम पञ्चायत हरपुर घोडासहन बस्ने २६ वर्षीय अरविन्द महतो र १४ वर्षीय बालक रहेका छन् ।

उनिहरुको साथबाट १ हजार दरको १ हजार २ सय २३ थान, ५ सय दरको ५ हजार ७ सय ४ थान, १ सय दरको १२ सय थान र ५० दरको १ सय थान गरी जम्मा ४९ लाख रुपैयाँ बरामद गरिएको डिएसपी मिश्राले बताए ।

पक्राउ परेका दुवैलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक दिपेन्द्र साहीले बताए ।

प्रतिक्रिया