आइतबार, वैशाख २३, २०८१

मोरङमा प्रहरीलाई कुटपिट गरेको आरोपमा पक्राउ

नेपालखोज २०७७ माघ २५ गते १३:४९

मोरङ । मोरङमा प्रहरीलाई कुटपिट गरेको आरोपमा एकजना पक्राउ परेका छन् । कुटपिट गरेको आरोपमा को।१४प ७६३ नम्बरका मोटरसाइकल चालक जहदा गाउँपालिका ७, तारेगाना बस्ने २१ वर्षीय बब्लु साह पक्राउ परेका हुन् ।

प्रहरी चौकी मझारेबाट खटिएको प्रहरीले उक्त मोटरसाइकलमा १५० लिटर डिजेलसहित फेला पारी बब्लुलाई नियन्त्रणमा लिने क्रममा उनले प्रहरी कर्मचारीलाई नै कुटपिट गरेपछि प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया