बिहीबार, माघ १०, २०८१

धादिङमा मिनी ट्रक दुर्घटना हुँदा ६ जना घाइते

नेपालखोज २०७७ माघ २५ गते २१:१४

धादिङ । धादिङको ज्वालामुखी ३,अमराईमा मिनी ट्रक दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

Advertisement

आइतबार दिउँसो मैदी सातदोबाटोबाट धादिङबेंसीतर्फ आउँदै बा ५ ख ६३२४ को मिनी ट्रक पल्टिँदा चालकसहित ६ जना घाइते भएका हुन् । ट्रकको ब्रेक फेल भई शाखा सडकको बेलडाँडामा पल्टिएको थियो ।

दुर्घटनापछि स्थानीय बासिन्दाहरुले घाइतेहरुको उद्धार गरी उपचारक‍ा लागि जिल्ला अस्पताल धादिङमा ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया