बिहीबार, माघ १०, २०८१

बार्सिलोनाको जित

नेपालखोज २०७७ माघ २६ गते १३:४६

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित हात पारेको छ ।

Advertisement

आइतबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ३.२ गोल अन्तरले पराजित गरेको हो ।

बेटिसको मैदानमा एक गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै बार्सिलोनाले जित निकालेको हो ।

खेलको ३८औँ मिनेटमा बोर्जाले गोल गर्दै बेटिसलाई अग्रता दिलाएका थिए । खेलको ५९औँ मिनेटमा लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई १.१ गोलको बराबरीमा फर्काए ।

खेलको ५७औँ मिनेटमा मैदान प्रवेश गरेका मेस्सीले दुई मिनेट पछि नै गोल गरेका हुन् । खेलको ६८ औँ मिनेटमा भिक्टर रुइजले आत्मघाती गोल गर्दा बार्सिलोना २.१ ले अघि रह्यो ।

७५औँ मिनेटमा भिक्टरले गोल गर्दै बेटिसलाई २.२ गोलको बराबरीमा ल्याए । खेलको ८७औँ मिनेटमा त्रिनकाओले गोल गर्दै बार्सिलोनालाई ३.२ को जित दिलाए ।

जितसँगै बार्सिलोना ४३ अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ । बेटिस ३० अंक जोडेर सातौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया