बारामा धारिलो हतियार प्रयोग गरी एक जना महिलाको हत्या
नेपालखोज
२०७७ माघ २६ गते १३:५३
बारा । बारामा धारिलो हतियार प्रयोग गरी एक जना महिलाको हत्या गरिएको छ ।
आइतबार राति करिव १० बजेको समयमा महागढीमाई नगरपालिका वडा नम्वर १ का बैजनाथ कुश्वाहाकी ४८ बर्षीया श्रीमती कान्ति देवीको अज्ञात समूहले हत्या गरेको हो ।
मृतकको घरेलु हतियारले टाउको र गलामा प्रयोग गरी हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिएका छन् ।
निजको घरमा कोहि नभएको बेला चोरी गर्ने हिसाबले घरमा पसेको हुन सक्ने उनले बताए ।
सम्बन्धित
प्रतिक्रिया