‘आठौं द अमेजिङ मोटर र्याली २०२१’ शुक्रबारबाट (भिडियोसहित)

काठमाडौं । नेपालको आन्तरिक पर्यटन प्रवर्धन गर्न रोटरी क्लव अफ बागमती काठमाडौं र केजीएफ फाउण्डेशनको आयोजनामा मोटर र्याली हुने भएको छ । यही माघ ३० गतेदेखि शुक्रबारदेखि हुने उक्त र्याली फागुन १ गते समापन हुने आयोजकले बताएका छन् ।
ज्योती लाईफ इन्स्योरेन्स कम्पनीको सहकार्यमा ‘आठौं द अमेजिङ मोटर र्याली २०२१’ ले आन्तरिक पर्यटनमा ठूलै योगदान दिने विश्वास लिइएको संस्थाद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
करिब ३०० किलोमिटरको उक्त र्याली आउँदो माघ ३० गते बिहान ७ काठमाडौंको नेपाल पर्यटन बोर्डबाट सुरु भएर चितवनको सौराहा पुग्नेछ । त्यसको भोलिपल्ट बिहान ९ बजे सौराहाबाट पोखरा पुगेर समापन हुने कार्यक्रम संयोजक दिवाकर राजकर्णिकारले बताए ।

समापन समारोहमा पहिलो, दोस्रो र तेस्रो हुनेहरुलाई सिल्ड, प्रमाणपत्र तथा पुरस्कारहरु प्रदान गरिने छ । साथै, उक्त र्यालीमा मिस नेपाल २०२०का बिजयीहरुको पनि सहभागिता रहने विज्ञप्तिमा उल्लेख छ ।
मोटर र्यालीले क्यान्सर रोगका बारेमा जनचेतना जगाउने, नेपाल टुरिजम बोर्डको ‘देश दर्शन’ कार्यक्रम अन्तर्गतको ‘पहिला देश अनि विदेश’ भन्ने नाराको प्रचारप्रसार गर्ने लक्ष्य लिएको छ । संयोजक राजकर्णिकारले यसबाट आन्तरिक पर्यटनको प्रवर्धन हुने विश्वास लिएका छन् ।


प्रतिक्रिया