आइतबार, वैशाख २३, २०८१

ठगी गरेको अभियोगमा पक्राउ

नेपालखोज २०७७ माघ २६ गते १९:१०

झापा । ठगी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका ९ स्थायी ठेगाना भएका २९ वर्षीय पंकज पौडेली विकलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । अनलाईनबाट चिठ्ठा परेको सामग्री तथा पैसा भन्सारबाट छुटाउन ट्याक्स लाग्छ भन्दै विभिन्न बैंकहरुको खाता नम्बर दिएर पैसा ठगी गर्ने गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो ।

महानगरीय अपराध महाशाखा मिनभवन र ईलाका प्रहरी कार्यालय बिर्तामोड झापाबाट खटिएको प्रहरीले उनलाई झापा बिर्तामोड नगरपालिका(२ चारपानेबाट पक्राउ गरेको हो । उनको साथबाट नगद ३ लाख ५६ हजार ७ सय १० रुपैयाँ, १ थान सवारी दर्ता किताब, विनोद काफ्लेको नामको सवारी चालक अनुमतिपत्र, अनिल बस्नेत नामको सवारी चालक अनुमतिपत्रको प्रतिलिपी, पंकज पौडेलीको नामको नागरिकताको प्रतिलिपी पंकजको घरबाट नगद २ लाख ८ हजार २ सय र उनको घर पछाडि रहेको गाई ग्वालीको गोवरको थुप्रोभित्र फेला परेको लेडिज झोलाबाट नगद ८ लाख ३० हजार ३ सय ५ रुपैयाँ प्रहरीले बरामद गरेको छ । थप अनुसन्धानका लागि महानगरीय अपराध महाशाखा मिनभवन काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया