बुधबार, वैशाख २६, २०८१

चालु आर्थिक वर्षको छ महिनामा निर्यातमा छ प्रतिशतले वृद्धि

नेपालखोज २०७७ माघ २६ गते २०:३४

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा बित्तीय स्थिति सम्बन्धि छ महिनाको प्रतिवेदन अनुसार पछिल्लो समय निर्यात वृद्धि भएको देखिएको छ । कुल वस्तु निर्यात छ दशमलव एक प्रतिशतले बढेर ६० अर्ब ८० करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २६ दशमलव एक प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः आठ दशमलव चार प्रतिशत र चार प्रतिशतले निर्यात वृद्धि भएको छ । यस्तै, चीनततर्फको निर्यातमा पाँच प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा अलैंची, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान, पश्मिना, चाउचाउ लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, जुस, तार लगायतका वस्तुको निर्यात घटेको छ ।

चालु आर्थिक वर्षको छ महिनामा कुल वस्तु आयात चार दशमलव आठ प्रतिशतले घटेर छ खर्ब ६१ अर्ब २५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात चार प्रतिशतले घटेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात तीन दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ भने चीनतथा अन्य मुलुकबाट भएको आयातमा क्रमशः १८ दशमलव पाँच प्रतिशत र १७ दशमलव चार प्रतिशतले कमी आएकोे छ ।

वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, सुन, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुर्जा, चाँदी लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्पm सुख्खा बन्दरगाह, विराटनगर, कैलाली, तातोपानी, कन्चनपुर र रसुवा भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्पm भैरहवा, विराटनगर, नेपालगञ्ज, कृष्णनगर, कैलाली र कन्चनपुर भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ ।

चालुु आवको छ महिनामा कुल वस्तु व्यापार घाटा पाँच दशमलव आठ प्रतिशतले घटी छ खर्ब ४५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा छ दशमलव एक प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात नौ दसमलव दुुई प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात आठ दशमलव दुुई प्रतिशत रहेको थियो ।

रेमिटेन्समा ११ दशमलव एक प्रतिशतले बृद्धि

चालुु आर्थिक बर्षको पछिल्लो छ महिनामा रेमिटेन्स रकम पनि बढेको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा रेमिटेन्स अर्थात विप्रेषण आप्रवाह ११ दशमलव एक प्रतिशतले वृद्धि भई चार खर्ब ९५ अर्ब ३१ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह शुन्य दशमलव छ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह छ दशमलव सात प्रतिशतले वृद्धि भई चार अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह शुन्य दशमलव नौ प्रतिशतले बढेको थियोे ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७७.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १७.७ प्रतिशतले बढेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६८ दशमलव नौ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.५ प्रतिशतले बढेको थियो । १७. समीक्षा अवधिमा खुद ट्रान्सफर आठ दशमलव नौ प्रतिशतले वृद्धि भई पाँच खर्ब ४९ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर शुन्य दशमलव चार प्रतिशतले घटेकोे थियो ।

प्रतिक्रिया