निर्वाचन आयोग जाँदै प्रधानमन्त्री ओली
नेपालखोज
२०७७ माघ २७ गते ९:५२
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग जाने भएका छन् ।
आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनको तयारीबारे जानकारी लिन प्रधानमन्त्री ओली मंगलबार बिहान ११ बजे कान्तीपथस्थित आयोगको कार्यालय जाने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवास नेम्वाङले जानकारी दिए ।
निर्वाचनको तयारीबारे जानकारी लिनुका साथै प्रधानमन्त्री ओलीले आयोगका पदाधिकारीसँग नेकपा विवाद र आधिकारिकताका विषयमा पनि छलफल गर्ने स्रोतले जनाएको छ ।
नेकपाको प्रचण्ड–नेपाल समूहले आधिकारिकता लागि आयोगमा निवेदन दिइसकेको छ । तर, ओली समूहले भने प्रथम अध्यक्ष र महासचिव रहेको पक्ष नै आधिकारिक हुने दाबी गरिरहको छ ।
सम्बन्धित
प्रतिक्रिया