भारतमा बर्दियाकी १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या
नेपालखोज
२०७७ माघ २७ गते १०:२०
बर्दिया । छिमेकी मुलुक भारतमा बर्दियाको बारबर्दिया नगरपालिका–३ की १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको छ ।
भारतको बिहार राज्यस्थित पश्चिम चम्पारण जिल्लामा १२ वर्षीया बालिका सुमित्रा विकको ११ जनाले सामूहिक बलात्कारपछि हत्या गरेर जलाएको जानकारी पाएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी हेम शाहीले बताए ।
डीएसपी शाहीका अनुसार प्रमाण लुकाउन उनको शवसमेत जलाइएको घटना ढिलो गरी सार्वजनिक भएको हो ।
नेपाल–भारत सीमा नजिक कुण्डवा चैनपुर बजारमा बालिका परिवारसँग बस्दै आएकी थिइन् । त्यहाँ उनका बाबु चौकीदारी गर्दै आएका थिए ।
२१ जनवरीमा सुमित्राको सामूहिक बलात्कारपछि हत्या भएको उनका भिनाजु नवलसिंह विकले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया