सात सय ४९ स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार
काठमाडौं । कुल ७ सय ५३ स्थानीय तहमध्ये सात सय ४९ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार २०७६ पुस मसान्तसम्ममा सात ४९ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए ।
राष्ट्र बैंकका अनुसार अब वाणिज्य बैंकहरुको शाखा पुुग्न बाँकी स्थानीय तहको संख्या चार मात्र रहेको छ । जसअनुसार ताप्लेजुङको मिक्वाखोला गाउँपालिका, धादिङको रुवी भ्याली गाउँपालिका, जाजरकोटको जुुनीचाँदे गाउँपालिका र बझाँङको काँडा गाउँपालिकामा बाँणिज्य बैंकहरुको शाखा पुग्न बाँकी रहेको छ ।
यस्तै, बैंक तथा फाईनान्स कम्पनीहरुको कुुल शाखा संख्या १० हजार एक सय नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पुुस मसान्तसम्ममा २७ वाणिज्य बैंक, १९ विकास बैंक, २१ वित्त कम्पनी, ७६ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंकसहितका एक सय ४४ वटा संस्थाहरुको कुल शाखा संख्या १० हजार एक सय ८७ पुुगेको हो । २०७७ असार मसान्तमा यस्तो संख्या नौ हजार सात सय ६५ रहेकोे रहेको छ ।
राष्ट्र बैंकका अनुसार कुुल शाखा संख्या मध्ये वाणिज्य बैंकहरुको मात्र कुल शाखा संख्या चार हजार छ सय १३ पुगेको छ । यी बाहेक विकास बैक, फाईनान्स र लघुुबित्त वित्तीय संस्थाहरुको कुल शाखा संख्या भने क्रमश एक हजार ४८, दुई सय ५४ र चार हजार दुुई सय ७२ पुुगेको छ ।
यसैगरी राष्ट्र बैंकले वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था गाभ्ने, गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराए पश्चात् २०७७ पुस मसान्तसम्म कुुल दुुई सय १३ बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भएको जानकारी दिएको छ । यसमध्ये एक सय ५१ संस्थाहरुको इजाजत खारेज हुन गई ५२ संस्था कायम भएको जानकारी पनि राष्ट्र बैंकले दिएको छ ।
बैंक तथा फाईनान्स कम्पनीहरुको कुल शाखा संख्या
प्रतिक्रिया