आइतबार, वैशाख ७, २०८२

चुनावको तयारी नरोक्न प्रधानमन्त्री ओलीको आग्रह

नेपालखोज २०७७ माघ २७ गते १५:०४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको तयारी नरोक्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

मंगलबार बिहान निर्वाचन आयोग पुगेका प्रधानमन्त्री ओलीले आयोगका पदाधिकारीसँग सो आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले आयोगका पदाधिकारीलाई चुनावको तयारी अगाडि बढाउन र कसैको दवावमा नरोक्न आग्रह गरे ।

चुनावको विषयमा विभिन्न आशंका उत्पन्न भइरहेका बेला प्रधानमन्त्री ओलीले भने तोकिएकै मितिमा हुने र सरकारले पूर्ण सहयोग गर्ने बताएका छन् ।

प्रतिनिधिसभा विघटन भएपछि विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिइसकेको छ । तर, प्रधानमन्त्री ओली समूहले भने अहिलेसम्म दाबी गरेको छैन ।

यस्तोमा प्रधानमन्त्री आयोग पुग्नुलाई धेरैले आधिकारिकताको विषयसँग जोडे पनि प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले त्यसलाई अस्वीकार गरे ।

नेकपा विवाद समाधान निकै पेचिलो बनिरहेका बेला प्रधानमन्त्री ओली आफैं आयोग पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया