बिहीबार, माघ १०, २०८१

२६औँ मानवअधिकार पुरस्कार विश्वकर्मालाई

नेपालखोज २०७७ माघ २७ गते १५:२८


काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले २६औँ मानवअधिकार पुरस्कार डा रुपचन्द्र विश्वकर्मालाई प्रदान गरेको छ ।

Advertisement

मंगलबार मानवअधिकारवादी योद्धा स्व प्रकाश काफ्लेको २८औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा डा विश्वकर्मालाई २६औँ मानवअधिकार पुरस्कार २०७६ प्रदान गरिएको हो । बाजुराको बुढीनन्दा नगरपालिका–५ का स्थायी बासिन्दा डा विश्वकर्मा बाजुराका नागरिकको स्वास्थ्य सेवामा समर्पित व्यक्तित्वको रुपमा परिचित छन् ।

विगत तीन वर्षदेखि बाजुरामा रही नागरिकको स्वास्थ्य सुधारका लागि पहलकदमी लिँदै दुर्गम जिल्लामा बसी स्वास्थ्य सेवा सुधार र विपन्न वर्गको पहुँच अभिवृद्धिको काम गरेको भन्दै उनलाई सम्मान गरिएको इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले बताए ।

तीन वर्षअघि बाजुरा विमानस्थलमा भएको हवाई दुर्घटनाका घाइतेलाई उद्धार गरी सुविधासम्पन्न अस्पताल लैजाने क्रममा जहाजभित्रै आपत्कालीन उपचार गरी घाइतेलाई बचाएपछि उनको चर्चा देशभरि भएको थियो । सम्मानपछि डा। विश्वकर्माले यो सम्मान आफ्नो मात्रै सम्मान नभई बाजुरामा बस्ने सम्पूर्ण स्वास्थ्यकर्मी र अस्पतालको नै सम्मान भएको बताए ।

कार्यक्रममा बोल्दै इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलले पहिले आर्थिक, सामाजिक अधिकारको कुरा गर्दा प्रजातन्त्र, लोकतन्त्रवादी हुँदैनन् भन्ने जमानालाई तोड्दै आफूहरु मानवअधिकारको क्षेत्रमा अघि बढिरहेको बताए । इन्सेकले मानवअधिकारको क्षेत्रमा काम गर्दै आएको छ ।

प्रतिक्रिया