म्यानमारको सेनाले मार्यो आङ सान सूकीको पार्टी कार्यालयमा छापा
नेपालखोज
२०७७ माघ २८ गते १३:११

एजेन्सी । म्यानमारको सेनाले नेत्री आङ सान सूकीको नेतृत्वमा रहेको पार्टी नेशनल लिग फर डेमोक्रेसी पार्टीको मुख्य कार्यलयमा छापा मारेको छ ।
सेनाले रातको समयमा कर्फ्युको बेला छापा मारेको बीबीसीले जनाएको छ । अहिले म्यान्मारमा राति ८ बजेदेखि बिहान ४ बजेसम्म देशभर निशेधाज्ञा लागु गरिएको छ । यस्तै आज बिहानैदेखि म्यानमारमा प्रदर्शन सुरु भएको छ । पाँचौँ दिनको प्रदर्शनमा सरकारी कर्मचारीहरू पनि सहभागी भएका छन् ।
म्यानमारको सेनाले यही फेब्रुअरी १ तारिखका दिन देशका धेरै नेताहरूलाई नियन्त्रणमा लिएर शासन सत्ता आफ्नो हातमा लिएको घोषणा गरेको थियो । सेनाले नेताहरूलाई नियन्त्रणमा लिएर आफैँ चुनाव गराउने भन्दै एक वर्षका लागि सङ्कटकालसमेत घोषणा गरेको छ ।
गएको नोभेम्बरमा भएको चुनावपछि गठित नयाँ संसद् र त्यसपछिका प्रक्रियाप्रति सेनाले असन्तुष्टि जनाउँदै आएको थियो ।
सम्बन्धित
प्रतिक्रिया