लक्ष्मी बैंकको ‘माई मोबाईल मनि’ भिडियो प्रतियोगिताको नतिजा घोषणा
काठमाडौं । लक्ष्मी बैंकले आयोजना गरेको ‘माई मोबाईल मनि’ भिडियो प्रतियोताको नतिजा घोषणा गरिएको छ । एक नौलो र फरक प्रकारको रुपमा रहेको यो प्रतियोगिता लक्ष्मी बैंकको दोेस्रो क्रराउडसोर्सिङ् प्रतियोगिता हो ।
माई मोबाईल मनि प्रतियोगिता ५ वटा विभिन्न शिर्षकमा गरिएको थियो । जसमा सहभागीहरुले प्रत्येक शिर्षकमा ३ मिनेट सम्मको १–१ गरी कुल ५ वटा सम्म भिडियो पठाउन सक्ने नियम राखिएको थियो । सो प्रतियोगितामा विभिन्न क्षेत्रहरुबाट २ सय ५० भन्दा बढी भिडियोमार्फत सहभागिता रहेको थियो ।
पहिलो शिर्षकमा भने दुई भिडियोहरु बिच बराबर भई दुईवटै भिडियो बिजेता भएका छन् । जसमा बिल भुक्तानी प्रतियोगितामा विराटनगरका लकेश दंगल र पोखराका विकास त्रपाठी विजयी भएका छन् ।
कार्ड सेवामा काठमाडौंका सन्तोश शाक्य, कार्ड रहित नगद निस्काषनमा भरतपुका भुवन तिवारी, नगद ट्रान्स्फरमा मुस्ताङका छेवाङ गुरुङ विजयी भएका छन् । लक्ष्मी बैंकले प्रतियोगितामा विजेताकालागि प्रत्येक शिर्षकमा ५० देखी दुई लाख ५० हजार रुपैयाँसम्मको नगदको व्यवस्था गरेको थियो ।
यसअघि बैंकले माई कार्ड आइडिया नामक प्रतियोगिता आयोजना गरिएको थियो । जसमा सहभागीहरुले बैंकको डेबिट कार्डको लागी विभिन्न प्रकारका डिजाइन पेश गर्नु गरी विजयी भएको डिजाइन हाल पनि लक्ष्मी बैंकका डेबिट कार्डहरुमा प्रयोग हुँदै आएको छ ।
प्रतिक्रिया