शनिबार, मंसिर २९, २०८१

जोए रुट टेस्ट वरीयताको तेस्रो स्थानमा, विराट कोहली पाँचौँमा झरे

नेपालखोज २०७७ माघ २८ गते १७:१९

आईसीसी । इङ्ग्ल्याण्डका कप्तान जोए रुट टेस्ट क्रिकेट वरीयताको तेस्रो नम्बरमा पुगेका छन् । भारतसँग भएको पहिलो टेस्टमा दोहोरो शतक प्रहार गरेका रुटले भारतका कप्तान विराट कोहलीलाई पछि पार्दै शीर्ष तीनमा पुगेका छन् । रुटको ८८३ रेटिङ प्वाइन्ट छ ।

भारतका कप्तान विराट कोहली भने वरीयताको पाँचौँ स्थानमा झरेका छन् । कोहलीको ८५२ रेटिङ प्वाइन्ट छ । सन् २०१७ पछि कोहली पहिलो पटक आईसीसी टेस्ट वरीयतामा रुटभन्दा पछि परेका हुन् ।

वरीयतामा ९१९ रेटिङ प्वाइन्टका साथ न्युजिल्याण्डका केन विलियमसन पहिलो स्थानमा, ८९१ रेटिङ प्वाइन्टका साथ अस्ट्रेलियाका स्टिभ स्मिथ दोस्रो स्थानमा र ८७८ रेटिङ प्वाइन्टका साथ अस्ट्रेलियाकै मार्नस लाबुशेन चौथो स्थानमा छन् ।

बलिङतर्फ अस्ट्रेलियाका प्याट कमिन्स ९०८ रेटिङ प्वाइन्टका साथ पहिलो स्थानमा छन् भने अलराउण्डरतर्फ इङ्ग्ल्याण्डका बेन स्टोक ४२८ प्वाइन्टका साथ वरीयताको शीर्ष स्थानमा छन् ।

प्रतिक्रिया