भारतमा १२ वर्षीया नेपाली बालिकाको सामुहिक बलात्कार र हत्या प्रकरणमा प्रहरी नै सामेल

वीरगन्ज । नेपालको बर्दिया घर भई भारतको विहारमा बस्दै आएकी १२ वर्षीया चेलीको सामूहिक बलात्कारपछि गरिएको हत्या सर्वविदितै छ ।
सो प्रकरणमा मोतिहारी प्रहरीले स्थानीय प्रहरी थानाका इन्चार्जलाई पक्राउ गर्न पुर्जी जारी गरेको छ ।
१२ वर्षीया बालिका सुमित्रा कुमारीको सामूहिक बलात्कारपछि गरिएको हत्या काण्डमा मुछिएका कुण्डवा थाना इन्चार्ज सञ्जिव रन्जन सम्पर्क विहीन भएका थिए । प्रहरीका एसपीले रञ्जनलाई पक्राउ गर्न निर्देशन दिएका हुन् ।
बलात्कृत बलिकाकी पिताले अनुसन्धान गर्न जाहेरी दिएका थिए । जाहेरीपछि अनुसन्धान गर्दै जाँदा आरोपीसँग साँठगाँठ गरेर प्रमाण मेटाउन सहयोग गरेको आरोप रञ्जनमाथि लागेको थियो । त्यसपछि उनी निलम्बनमा परेका थिए । हाल रञ्जन फरार छन् ।
निलम्बन पश्चात अनुसन्धानको क्रममा मृतकका परिवारलाई बुधबार मोतिहारी जिल्ला एसपी कार्यालयमा लिएको बयानको आधारमा थाना इन्चार्ज एसआई रन्जनलाई पक्राउ गर्न मोतिहारीका एसपी झाले निर्देशन दिएको बताइएको छ ।
एसपी झाका अनुसार एसआईलाई निलम्बन गरेर कारवाही प्रक्रियामा सघाउन निर्देशन दिइएको थियो तर, उनी सम्पर्क विहीन भएपछि पक्राउको लागि निर्देशन जारी गरिएको बताए ।
बलात्कारको आरोप लागेका १२ जनामध्ये २ जनालाई पक्राउ गरेर मोतिहारी प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ भने अनुसन्धानकै क्रममा एसआईलाई उपस्थित गराउन खोज्दा सम्पर्क विहीन भएपछि पक्राउ आदेश जारी गरेको एसपी झाले बताए ।
माघ ८ गते मृतक सुमित्रा कुमारीको १२ जनाले नृशंस बलात्कार गरी हत्या गरेका थिए ।
प्रतिक्रिया