बुधबार, असार १८, २०८२

बालुवाटार जग्गा प्रकरण : ढकाललाई थुनामा पठाउन अदालतको आदेश

नेपालखोज २०७७ माघ २९ गते १०:४०

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन मुख्य भूमिका खेलेका प्रतिवादी शोभाकान्त ढकाललाई विशेष अदालतले थुनामा पठाउने आदेश दिएको छ ।

बुधबार विशेष अदालतका न्यायाधीशहहरु अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारूको संयुक्त इजलासले ढकाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

प्रवक्ता पुष्पराज पाण्डेयका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकालसहित १७५ जनाविरूद्ध ३९ करोड २८ लाख बिगो मागदाबीसहित गत माघ २३ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले यसअघि तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सचिवको हुँदा सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन भूमिका खेलेको ठहर गर्दै पूर्व अख्तियर प्रमुखसमेत रहेका दीप बस्नेतलाई पनि पुर्पक्षका लागि थुनामा पठाएको छ ।

प्रतिक्रिया