प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले बोलायो
नेपालखोज
२०७७ माघ २९ गते ११:०५
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले महानगरीय अपराध महाशाखाले बोलाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको मानमर्दन हुनेगरी सार्वजनिक रुपमा अभिव्यक्ति दिएपछि प्रहरीले सोधपुछका लागि अपराध महाशाखा बोलाएको हो ।
अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले झाँक्रीलाई सोधपुछका लागि कार्यालय बोलाएको जानकारी दिए ।
प्रतिनिधिसभा सदस्य झाँक्री उपस्थित नभएमा पक्राउ गर्ने तयारी रहेको एसएसपी थापाले बताए ।
केही दिनअघि गोरखा पुगेर झाँक्रीले प्रतिनिधिसभा विघटनमा राष्ट्रपति भण्डारीले भूमिकाको आलोचना गर्दै उनलाई शितलनिवासबाट निस्केर बालकोट जान भनेकी थिइन् ।
सम्बन्धित
प्रतिक्रिया