बुटवलमा केबलकार बन्ने, मन्त्रिपरिषद्ले चन्द्र ढकाललाई दियो अनुमति
नेपालखोज
२०७७ माघ २९ गते १३:१५
काठमाडौं । बुटवलमा केबलकार निर्माणका लागि व्यवसायी चन्द्र ढकालले अनुमति पाएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ढकाल सञ्चालक रहेको कम्पनी लुम्बिनी केबलकार प्राइभेट लिमिटेडलाई उक्त अनुमति दिएको हो ।
रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका-३ मा केबलकार निर्माण गर्न लागिएको हो ।
अनुमति पाएसँगै कम्पनीले फागुन १ गते शिलान्यास गर्ने तयारी गरेको छ । केबलकार निर्माणको शिलान्यास अर्थमन्त्री विष्णु पौडेलले गर्ने कार्यक्रम रहेको कम्पनीले जानकारी दिएको छ ।
२५ वर्षका लागि प्रयोग गर्न दिने र त्यहाँ रहेका कूलजम्मा १३३८ वटा पोल एवं रुखहरु हटाउन समेत स्वीकृति दिएको हो ।
सम्बन्धित
प्रतिक्रिया