सरकार झ्यालखानाको संख्या थप, त्रासले सत्य बोल्ने मुख बन्द हुदैन : गगन थापा
नेपालखोज
२०७७ माघ २९ गते १३:४३

काठमाडौँ । नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको विषयमा नेपाली काँग्रेसका नेता गगन थापाले प्रतिक्रिया दिएका छन् । थापाले सामाजिक संजालमा टिप्पणी गर्दै अलोकतान्त्रिक कामको प्रश्न गर्दा झ्यालखानामा राखेर तर्साउन खोजेको आरोप लगाएका छन् ।
नेता थापाले सरकारलाई झ्यालखानाको संख्या थप्न सुझाव दिदै सत्यको पक्षमा बोल्ने मुख सरकारले देखाएको त्रासले बन्द नहुने चेतावनी दिएका छन् । उनले भने, ‘कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा अहिले राष्ट्रपति ! सरकार झ्यालखानाको संख्या थप,किनकि सत्य को पक्षमा बोल्ने मुख तिमिले देखाएको त्रासले बन्द हुँदैन ।’

सम्बन्धित
प्रतिक्रिया