शुक्रबार, वैशाख १२, २०८२

अमेरिकाको महत्वपूर्ण सहयोगी राष्ट्र बन्दै भारत

नेपालखोज २०७७ माघ २९ गते १३:४८

एजेन्सी । अमेरिकाले भारत आफ्नो महत्वपूर्ण सहयोगी राष्ट्र बन्न सक्ने तजबिज प्रस्तुत गरेको छ ।

भारत इन्डो प्यासिफिक क्षेत्रमा अग्रणी विश्वशक्तिको रुपमा उपस्थित भए अमेरिकालाई सहयोग पुग्ने अमेरिकाको मत छ ।

अमेरिकी विदेशमन्त्रालयका प्रवक्ता नेड प्राइसले भारतको विषयमा मंगलबार बताए अनुसार भारत अमेरिकाको इन्डो प्यासिफिक क्षेत्रको महत्वपूर्ण सहयोगी मुलुक हो।

भारत एक अग्रणी विश्वशक्तिको रूपमा देखा पर्दा अमेरिकाले इन्डो प्यासिफिक क्षेत्रमा सुरक्षा समेत दिने प्रतिबद्धता नेड प्राइसले जनाएका छन् ।

प्रतिक्रिया