शनिबार, जेठ १९, २०८१

फागुन १२ बाट २०औं सत्याग्रह थाल्ने डा‌ केसीको घोषणा

नेपालखोज २०७७ माघ २९ गते १३:५८


चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले फागुन १२ गतेबाट २० सत्याग्रह थाल्ने घोषणा गरेका छन्।

तीन बुँदे माग राख्दै डा।केसीले अन्सन थाल्ने घोषणा गरेका हुन्।अवैधानिक रूपमा गरिएको प्रतिनिधिसभा विघटनको प्रयासबाट संविधानको रक्षा गरिनुपर्ने, अवैध रूपमा संवैधानिक निकायमा गरिएका नियुक्ति रद्द गरिनु उनका माग छन्।

यस्तै चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि आफूहरूसँग भएका सम्झौता कार्यान्वयन गरिनुपर्ने उनको मागछ। एक विज्ञप्ती जारी गर्दै डा केसीले चिकित्सा शिक्षालाई गैर नाफामूलक बनाउने, सबै सार्वजनिक शिक्षण संस्थामा पचहत्तर प्रतिशत छात्रवृत्ति कार्यान्वयन गराउने लगायत राष्ट्रिय चिकित्सा शिक्षा ऐनका प्रावधानहरूको कार्यान्वयन गरिनुपर्ने बताएका छन्।
२०औं सत्याग्रहका मागहरू

१० अवैधानिक रुपमा गरिएको प्रतिनिधिसभा विघटनको प्रयासबाट संविधानको रक्षा गरियोस्।
२० अवैध रुपमा संवैधानिक निकायहरूमा गरिएका नियुक्ति रद्द गरियोस्।
३० चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि हामीसँग भएका सम्झौता कार्यान्वयन गरियोस्। चिकित्सा शिक्षालाई गैर नाफामूलक बनाउने, सबै सार्वजनिक शिक्षण संस्थामा पचहत्तर प्रतिशत छात्रवृत्ति कार्यान्वयन गराउने लगायत राष्ट्रिय चिकित्सा शिक्षा ऐनका प्रावधानहरूको कार्यान्वयन गरियोस्।

प्रतिक्रिया