अफगान सेनाको हवाई कारबाहीमा २७ लडाकू मारिए
नेपालखोज
२०७७ माघ २९ गते १४:३८

सिन्ह्वा । अफगान सेनाले हेल्मन्ड प्रान्तमा बुधबार गरेको हवाई कारबाहीमा तालिबान समूहका कम्तीमा २७ जना लडाकू मारिएका छन् ।
सेनाद्वारा बिहीबार जारी विज्ञप्तिमा तालिबान लडाकूहरु लुकेर बसेको भन्ने सूचनाका आधारमा हवाई कारबाही गरिएको उल्लेख छ । सेनाले हवाई कारबाही मुख्यतः नावा, नहर–ए–सेराज र गर्मसिर जिल्लामा केन्द्रित भएको जनाएको छ ।
कारबाहीमा लडाकूतर्फका हन्जला र बाराकात नाम गरेका कमान्डर पनि मारिएको सेनाको दाबी छ । तालिबान समूहले भने उक्त कारबाहीका बारेमा केही बताएका छैनन् ।
सम्बन्धित
प्रतिक्रिया