नेतृ झाँक्रीको गिरफ्तारीको विरोध गर्न नेता रिजालको आग्रह
नेपालखोज
२०७७ माघ २९ गते १५:१२

काठमाडौं । नेकपा दाहाल- नेपाल समूहका स्थायी कमिटि सदस्य विष्णु रिजालले नेकपा नेतृ रामकुमारी झाँक्रीको गिरफ्तारीको विरोध गर्न आग्रह गरेका छन् ।
नेता रिजालले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाट सेयर गर्दै आज ४ बजे माइतीघरमा नेतृ झाँक्रीको गिरफ्तारीको विरोध गर्न आग्रह गरेका हुन् । उनले भनेका छन्, ‘केन्द्रीय कमिटी सदस्य रामकुमारी झाँक्रीको गिरफ्तारीका विरुद्ध आज ४ बजे माइतीघरमा जुटौं ।’

सम्बन्धित
प्रतिक्रिया