टोपबहादुर रायमाझी प्रचण्ड-माधव समुहमा आउँदै भन्नु कु-प्रचार: ऊर्जा मन्त्रालय

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले केही सञ्चार माध्यम र सामाजिक संजालहरुमा गृहमन्त्री तथा ऊर्जा मन्त्रीसँग जोडेर कु-प्रचार गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै टोपबहादुर रायमाझी प्रचण्ड-माधव समुहमा आउँदै भनी प्रचण्ड-माधव समुहले गरेका कु-प्रचार निराशा भएपछिको उपजको संज्ञा दिएको छ । मन्त्रालयले प्रचण्ड-माधव समुहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुबै पदबाट हटाउन विभिन्न षड्यन्त्र गरेपछि पार्टीमा संकट उत्पन्न भएको पनि जनाएको छ ।
मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ- नेपाल कम्युनिष्ट पार्टीलाई जनप्रिय एंव एकताबद्ध बनाएर समृद्ध राष्ट्र निर्माण गर्न प्रतिवद्ध रहेका कुरा आम जन-समुदायमा स्पष्ट नै छ । दुरदर्शि, लोकप्रिय कार्यहरुबाट अताल्लिएर मुलधार भन्दा बाहिर सडकमा रहेका र पदबिना रहनै नसक्ने केही नेताहरु र उहाँहरुबाट संचालित केही मिडिया र सामाजि संजालहरुमा आम जनतामा भ्रम फैलाउने गरी गरिएको दुष्प्रचार प्रति खेद व्यक्त गर्दछौं ।
सरकार जनताको जनहित, विकास र समृद्धिको भविष्यप्रति एकताबद्ध र प्रतिबद्ध रहेको जनाउँदै मन्त्रालयले कुनै पनि प्रकारका भ्रम तथा कु- प्रचारका पछि नलाग्न अनुरोध गरेको छ ।

प्रतिक्रिया