बिहीबार, वैशाख १३, २०८१

यस्ता छन् शाकाहारी हुनुका अनेकौं फाइदाहरु

नेपालखोज २०७७ माघ ३० गते १२:५८


अहिलेको समयमा मासु नखाने मानिस भेट्न निकै गाह्रो हुने गर्छ । मासुले शरीरको बिकास गर्नलाई पनि मद्धत गर्छ । तर धेरै मासु खानु स्वास्थ्यको लागी हानिकारक हुने गर्छ । विभिन्न अध्ययनले मासु खाने भन्दा मासु नखाने मानिसहरु स्वास्थ्य रहने देखाएको छ । हामीलाई शाकाहारी हुँदा धेरै फाइदा पुग्छ । मांसाहारी भन्दा शाकाहारी मानिसको पाचन पक्रिया बलियो हुने बताइएको छ ।

शाकाहारी हुँदा मानिसलाई पुग्ने फाइदाहरु यस्ता छन् ।

१ शाकाहारी भोजनमा रोगसंग लड्ने क्षमता हुन्छ ।
२ शाकाहारी खाना चाँडै पच्छ ।
३ मष्तिष्कलाई सचेत राख्छ र मानिसलाई बुद्धिमान बनाउँछ ।
४ शाकाहारी भोजनमा प्रोटिन, भिटामिन, एन्टिअक्सिडेन्ट, एमिनो एसिड, कार्बोहाइड्रेटजस्ता तत्व पाइन्छन्, जो स्वास्थ्यका लागि लाभदायी मानिन्छन् । यस्तै, फाइबर, क्यालोरी, भिटामिन पाइन्छन्, जसले विभिन्न रोगबाट मानिसलाई बचाउँछ ।
५ शुद्ध शाकाहारी व्यक्तिलाई मुटु रोग, पेट तथा फोक्सोको क्यान्सर हुने सम्भावना कम हुन्छ ।
६ स्तन क्यान्सरको खतरा कम हुन्छ ।
७ आयु लम्ब्याईदिन्छ ।
८ उच्च रक्तचाप हुने सम्भावना मांसाहारीको तुलनामा कम हुन्छ ।
९ शाकाहारीलाई मिर्गौलाको समस्या कम हुने सम्भावना हुन्छ । पिसाबद्वारा प्रोटीन निस्कनु, कोशिकाद्वारा रगत छान्ने गति, रक्तसञ्चार तथा मिर्गौलासंग संबन्धित विकार मांसाहारीको तुलनामा शाकाहारीमा कम पाइन्छ ।
१० शरीरको तापक्रम र सन्तुलन बनाई राख्छ ।
११ मांशपेशी बलियो बनाउन, शरीरका मुख्य अंग मिर्गौला, मुटु, फोक्सो, मष्तिष्कलाई निरोगी राख्न एवं विभिन्न समस्या नियन्त्रण गर्न शाकाहारी खाना प्रभावकारी मानिन्छ ।
१२ शरीरको वृद्धि गर्न र सन्तुलित राख्न मद्दत गर्छ ।
१३ गाढा हरियो रंगको तरकारीमा भिटामिन र खनिज पदार्थ पाइन्छ । जसले सरुवारोग र कमजोरीबाट बचाउछ ।
१४अमेरीकन मेडिकल एसोसिएसनको इन्टरनल मेडिसिन जर्नलमा ७० हजार मानिसमाथि गरिएको अनुसन्धानमा भनिएको छ– मृत्युदर घटाउन शाकाहरी भोजनले बढी सहयोग पुर्याएको देखिन्छ ।
१५ मांशाहारीको दाँजोमा शाकाहारीलाई कम क्यान्सर हुने देखिएको छ ।

प्रतिक्रिया